गोली चलाएर विप्लवका ४ जना पक्राउ

Goli

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी नेकपालाई प्रतिवन्ध लगाएपछि प्रहरीले कारवाही प्रक्रिया तीव्र बनाएको छ । यसैक्रममा काभ्रेबाट ४ जनालाई पक्राउ गरेको छ ।

विप्लवका कार्यकर्ता पक्राउ गर्न गएको प्रहरीले कार्यकर्ता पक्राउ गर्न गोलीसमेत चलाएको छ । काभ्रेको रोशी गाउँपालिका २ खहरेपाँगुको काफलडाँडामा चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा उनीहरुले गोली चलाएपछि र प्रहरीले पनि जवाफी फायरिङ गरेको छ । गोली हानाहान हुँदा कुनै क्षति भने भएको छैन ।

प्रहरीले गोली प्रहार गरी झापाका शिव धिताल, दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङलाई पक्राउ गरेको छ । प्रहरी गएको सूचना पाए लगत्तै उनीहरु भाग्न खोजेका थिए ।

महाभारत लेकमा रहेको सो स्थान चारवटा गाउँपालिकाको संगम मानिन्छ । खानिखोलाको डाँडागगाउँ, बेथान्चोकको भुग्देउ महांकाल, रोशीको शिखरआम्बोटे र महाभारतको महादेवटार क्षेत्र उक्त स्थानको केन्द्र हो । नेकपा माओवादी विप्लव समुहको अपराधिक कृयाकलापमा प्रतिवन्ध लगाएसँगै शुरु भएको अप्रेसनमा विप्लव समुह र प्रहरी बीच मुठभेड भएको छ ।

मोवाईल लोकेसनका आधारमा अपराध अनुसन्धान महाशाखाको टोली मंगलबार दिउसैबाट काभ्रेका विभिन्न स्थानमा परिचालन भएको थियो ।
लोकेसनकै आधारमा विस्फोटमा संलग्न ब्यक्तिहरुको पहिचान सहित पक्राउका लागि एसपी सोमेन्द्रसिंह राठौरको कमाण्डमा प्रहरी परिचालन भएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का समेतलाई जानकारी नदिई उक्त समुह पक्राउ गर्न पुगेको महाशाखाको टोली राति ११ बजे फर्किएको थियो ।

विप्लव समुहले केहि दिन अघि सुरक्षाकर्मी र जनप्रतिनिधिलाई गाउँबाट लखेट्ने उद्घोष गरेको थियो । मंगलबार साँझको घटना पछि जिल्लामा रहेको नेपाली सेना, शशस्त्र प्रहरी र जनपथ प्रहरी सतर्क रहेको छ । नेपाली सेनाले घटना पछि तयारी र सतर्क अवस्थामा रहेको जानकारी गराएको छ । जिल्लामा घटना पछि सुरक्षा निकाय उच्च सतर्कतामा बसेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...