आफ्नै दाईले गरे बलात्कारपछि बहिनीको हत्या

Rape balika

सप्तरी । कोठमा मृत फेला परेकी सप्तरीको खड्ग नगरपालिका ९ की ११ वर्षीय बालिकालाई आफ्नै दाईले बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ ।

बलात्कारपछि बालिकाका हत्या गर्ने अरु कोही नभएर उनैको दाजु १८ वर्षे राजदेव मण्डल भएको प्रहरीले जनाएको छ । बलात्कारपछि मारिएकी बालिका अभियुक्तका सहोदर काकाकी छोरी हुन् ।

घटनाअनुसार टाउको दुखेर बिरामी बालिका आफ्नै कोठामा सुतेकी थिइन् । घरमा कोही नभएका बेला कोठामा प्रवेश गरेका १८ वर्षे राजदेव मण्डलले टाउको सुम्सुम्याउँदै मुख थुनेर ०७४ माघ २५ गते साँझ बलात्कार गरेका थिए ।

उनी घरमा प्रवेश गरेको र घरबाट निस्केको छिमेकीहरुले देखे पनि घरपरिवारकै मानिसमाथि कसैले शंका गरेनन् । बलात्कारपछि अरुले घटना थाहा नपाऊन् भनेर हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...