घर बनाउन प्रेमीको मोवाइल झ्यापझ्याप

Iphone 7

चीनमा हालै यस्तै घटना सार्वजनिक भएको छ । जसमा एक युवतीले घर किन्न एक दुई होइन २० जना ब्वायफ्रेण्ड बनाइन् । एक पछि अर्को गर्दै नयाँ नयाँ केटाहरुसँग प्रेमको नाटक रची सबैसँग आइफोन सेभेन फुत्काउन सफल भइन् ।

आफ्ना सबै २० ब्वायफ्रेण्डसँगबाट गरी २० वटा आइफोन हात पार्न सफल भएकी ती युवती अन्ततः एकसाथ सबै केटाहरुलाई जिल्ल पारेरै छाडिन् ।ती युवतीको नाम शायली भएको बताइएको छ ।

उनले २० वटा आइफोन सेभेन जम्मा पारेसँगै एक मोबाइल फोन बिक्रेता कम्पनीमा लगेर बेचिन् । कम्पनीले उनलाई ती आइफोनको झण्डै १८ हजार डलर बराबरको रकम दियो ।

त्यो रकम घर किन्नका लागि पर्याप्त थियो । शायलीले सोही पैसाले आफ्ना लागि घर खरीद गरिन् । आफ्ना बुवाआमा निकै बुढा भएका र आफुलाई जसरी पनि बस्ने घर किन्ने दबाब परेकोले आफुले त्यस्तो बाटो अपनाएको उनले बताएकी छिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...