कालिकोटको गाउँ पस्यो सेना, विप्लवको पकट क्षेत्रमा फैलियो त्रास

Sena kalikot

कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेपछि त्रास फैलिएको छ । विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँड्न थालेपछि फेरि द्धन्द्ध हुने हो की भनेर त्रास फैलिएको छ ।

कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र मानिन्छ । २०५२ सालको सशस्त्र द्वन्द्वबाट निकै प्रभावित स्थानीय नागरिक फेरि द्वन्द्व निम्तिने त्रासमा छन् ।

यतिवेला रणसुर गुल्ममा गुल्पतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ । गुल्मपति थापामगरले जिल्लाबाट मंगलबार गाउँ हिँडेको सुरक्षा निकायको टोली सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका हुँदै नरहरिनाथ गाउँपालिकातर्फ लागेको छ । सो गस्ती टोलीले बुधबार नरहरिनाथ गाउँपालिकाको कुमालगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।

जिल्लामा नेकपाले विभिन्न गतिविधि बढाएपछि सुरक्षा निकाय संयुक्त रूपमा गाउँ केन्द्रित भएको हो । सरकारको निर्देशनमा जिल्लाका सुरक्षा निकाय गाउँ केन्द्रित भएपछि गाउँले त्रसित भएका छन् ।

जिल्लाका सुरक्षा निकायले नेकपाका महासचिव विप्लव र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा कालिकोट आएको आशंकामा गस्ती अभियान तीव्र बनाएको हो । नेकपाका उच्च तहका नेताहरू कालिकोट आएको भन्ने सूचना प्राप्त भएकाले घेराउ गरी पक्राउ गर्न गाउँ केन्द्रित गस्ती सुरु गरिएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले बताए ।

कालिकोटमा नेकपाका नेताहरुले गाउँगाउँबाट एसईई दिने विद्यार्थीलाई पार्टीको अभियान भन्दै लिने गरेका छन् । डिएसपी शर्माले थपे, ‘हामी हरेक गाउँमा गएर अभिभावकलाई पनि सम्झाउँछौं । पलाँतामा विप्लवको कार्यक्रम छ भन्ने खबर छ । कुनै पनि स्थानीय तहमा विप्लवलाई कार्यक्रम गर्न दिँदैनौं ।’

नेकपा निकट युवा संगठन नेपालका कर्णाली ब्युरो इन्चार्ज शीतल विष्टले सरकारका गतिविधिको सशक्त प्रतिकार गर्न तयार रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...