प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर, सामाजिक सञ्जालमा चर्को विरोध

Prachanda america

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचार अमेरिकामा सुरु भएको छ । तर, प्रचण्ड अमेरिकामा आएको विषय सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।

सामाजिक सञ्जालमा अमेरिकामा रहेका सामाजिक हैसियत बनाएकादेखि माओवादीको विरोध गर्नेहरु दाहालविरुद्ध खनिएका छन् । अमेरिकी साम्राज्यवादको नाममा कार्यकर्ता प्रशिक्षण गर्ने दाहाल अन्तिममा उपचारका लागि अमेरिका नै आउनु परेको बिषय पनि उठाइरहेका छन् ।

यतिसम्मकी कतिपयले बिरामी पत्नी सीताको उपचारका लागि आएको भए पनि खर्चको विषय उठाएर विरोध गरिरहेका छन् । नेत्रत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफूलाई मार्ने धम्कीदिएको भन्ने विषयलाई व्यंगात्मक शैलीमा दाहाललाई अमेरिकामा नै रहन सुझाव दिनेहरु पनि छन् ।

त्यसै पनि पूर्वप्रधानमन्त्री दाहालविरुद्ध एक नेपालीले अमेरिकामा उजूरी गरेपछि अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरिसकेको छ । दाहालका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर गरेको हो ।

मुलुकभित्र विवाद परेका र अमेरिका जाने अन्य यस्ता नेताका नाममा यस्तो सर्कुलर जारी हुने गर्छ । अमेरिका भ्रमणका क्रममा उत्पन्न हुनसक्ने कानुनी झमेला हटाउन यस्तो सर्कुलर गरिएको हो । सर्कुलरपछि अमेरिकी सरकारका कुनै पनि निकायले कारबाही अगाडि बढाउन मिल्दैन । यस्तो सर्कुलर जारी हुने निश्चित भएपछि नै प्रचण्ड उपचारका लागि अमेरिका गएका थिए ।

भ्रमण अघि बढाउन अमेरिकी राजदूत रेण्डी बेरीले दाहालकै निवासमा पुगेर भेट गरेर यस्तो सन्देश दिएका थिए । भेनेजुएला प्रकरणपछि दाहाल र अमेरिकाबीच सम्बन्ध चिसिएको थियो अमेरिकी सरकारको पछिल्लो सर्कुलरले दाहाल र अमेरिका सम्बन्ध सुधार भएको संकेत गर्छ ।

सीताको उपचार जोन हप्किन्स अस्पतालमा भइरहेको छ । सीताको स्वास्थ्य परीक्षण गरेपछि कति समय उपचार गर्ने विषय तय हुने दूतावास स्रोतले बताएको छ । उपचारको सबै समन्वय डिसीस्थित नेपाली दूतावासले गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...