केही मेघ गर्जनसहित क्षणिक वर्षा दोहोरिने

Weather change

काठमाडौं । पश्चिमी वायुको दोहोरो प्रभावले केही दिन मेघ गर्जनसहित क्षणिक वर्षा दोहोरिने भएको छ । त्यसैको प्रभावमा मंगलबार राजधानी लगायतका स्थान पानी परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका धेरै जसो भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पश्चिमी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगमा मेघ गर्जन सहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

मुलुकमा पहाडी भू भागमा यस्तो गतिविधि जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्हरु अंग्रेजी महिनाका मार्च, अप्रिल र मेलाई प्रि मनसुनका रुपमा बुझ्ने गर्छन् । यो अवधिमा बिहानदेखि दिउँसोसम्मको मौसम खुला हुने भए पनि अपराह्नपछि एक्कासी मौसम बदलिने गर्दछ ।

महाशाखाकी मौसमविद्हरुका अनुसार अहिले प्रि मनसुन (मनसुन पूर्वाद्ध) को गतिविधि सक्रिय भएकाले प्रायः हरेक दिन अपराह्नपछि पहाडी भूभागमा क्षकिण र हल्का हुने मौसमी प्रणाली विकास भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...