विप्लव समुह र प्रहरीबीच काभ्रेमा दोहोरो फाइरिङ, केही नियन्त्रणमा

Goli 1

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न काभ्रे पुगेको प्रहरी र सो समुहबीच दोहोरो फाइरिङ भएको छ । मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखा टेकुको टोली र विप्लव समूहबीच गोली हानाहान भएको हो ।

फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको थियो । अहिले सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका कार्यकर्तामाथि निगरानी बढाएको छ ।

सोही क्रममा प्रहरीले राज्यद्वारा प्रतिवन्धित विप्लव समूहको कार्यकर्ता पक्राउ गर्ने क्रममा जिल्लाको रोशी गाउँपालिकामा साँझ गोली चलाएको थियो ।

ललितपुरको नख्खुमा फागुन १० गते भएको बम विस्फोटको अनुसन्धानका क्रममा काभ्रे पुगेको अपराध महाशाखाको टोली र विप्लव समूहबीच गोली हानाहान भएको हो ।

मोबाइल टावरका आधारमा विप्लव कार्यकर्ता खोज्दै गएको प्रहरी टोलीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । घटनाको थप विवरण भने आउन सकेको छैन।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...