प्रशासनले सुनुवाइ समितिलाई भन्यो, ‘अन्सारीको नागरिकतामा मानवीय त्रुटी’

Salim miya ansari

काठमाडौं । सत्तारुढ दल नेकपाकै कोटाबाट मुस्लिम आयोगका अध्यक्षमा सिफारिसमा परेको समिम मियाँ अन्सारी फेरि आयोगको अध्यक्ष बन्ने सहज भएको छ ।

उनीमाथि दुई वटा नागरिकता भएको उजुरी परेपछि धरापमा परेका संसदीय सुनवार्इ समितिमा सत्तारुढ दलकै सांसदहरुले पछि हट्न सुझाव दिएका थिए । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले समिम मियाँ अन्सारीको नागरिकताका सन्दर्भमा संसदीय सुनुवाइ समितिलाई पत्र लेखेर स्पष्ट पारेको छ ।

समितिले गत फागुन २३ मा अन्सारीको नागरिकताका सम्बन्धमा स्पष्ट पार्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो । प्रशासनले फागुन २६ मा लेखेको जवाफ अन्सारीको नागरिकता त्रुटि ‘मानवीय कारण’ भनी उल्लेख गरेको छ ।

जिल्ला प्रशाषन कार्यालयले प्रशासन कार्यालयका अनुसार २०५५ पुस २२ मा अन्सारीले लिएको ७३८४ नम्बरको नागरिकतामा जन्म मिति २०३०/६/२४ भएको र २०६६ भदौ ९ मा ८७१ नम्बरको नागरिकतामा पनि २०३०/६/२४ नै भएपनि रजिस्टरमा २०३७/६/२४ हुनुमा जारी गर्ने अधिकारी र कर्मचारीको मानवीय कारणले त्रुटि भएको बताएपछि अध्यक्ष बन्ने बाटो फेरि सहज भएको छ ।

संवैधानिक परिषद्ले अन्सारीलाई गत माघ ५ मा मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेको थियो । तर, उनीबारे समितिमा उजुरी परेको थियो । उजुरीबारे समितिले पनि छानबिन गरेको थियो । तर, अन्सारीको नाममा सत्तारुढ दल नेकपाकै सांसदहरुको मत बाझिएको थियो ।

समितिले समयमै अनुमोदन गर्न नसकेपछि उनको नाम अनुमोदित भएको थियो । सिफारिस भएको ४५ दिनभित्र समितिले कुनै निर्णय लिन नसके स्वतः अनुमोदित हुने संवैधानिक व्यवस्थाअनुसार उनी फागुन २६ मा अध्यक्षका लागि वैध भएका थिए ।

प्रतिकृया दिनुहोस