कञ्चनपुर अदालतमा उपस्थित भएका बिष्टले भने, म फरार भएको अफवाह फैल्याइयो

Dilliraj bist

कञ्चनपुर । कञ्चनकपुरकी १३ वर्षी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रमाण लोप गराएको आरोप लाग्दै आएका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्ली विष्ट अदालतमा उपस्थित भएका छन् ।

अदालतमा उपस्थित भएका विष्टले फरार रहेको अफवाह फैलाइएका कारण अदालतमा उपस्थित भएको बताएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा जोडिएका मंगलबार कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएपछि उनले आफु कहिले पनि फरार नभएको बताए ।

अदालत पुगेका विष्टले सो घटनामा आफु दोशी नरहेकाले फरार भइरहनु पर्ने कुनै कारण नभएको बताए । ‘म निर्मलाको पन्तको घटनाको सत्यतथ्य सार्वजनिक होस् भन्ने चाहन्छु’ उनले भने, ‘यस्तो अवस्थामा फरार हुनुपर्ने कारण म देख्नि । तर, अफवाह फैलाइएपछि म आफैं अदालतमा उपस्थित भएको हुँ ।’

विष्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पन्तको हत्या प्रकरणमा बरर्खास्तमा परेका तत्कालीन सार्वजनिक न्याय तथा यातना विरुद्धको कसुर मुद्दामा फरार रहेका भनिएका विष्ट निवेदनसहित अदालतमा उपस्थित भएका हुन् ।

अदालतको ३५ दिने सूचना जारी भएका बेला बरर्खास्त प्रहरी उपरीक्षक विष्ट उपस्थित भएको अदालतका श्रेस्तेदार हरिकृष्ण अबस्थीले बताए । सो प्रकरणमा बरर्खास्त प्रहरी उपरीक्षक विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसुर र दिलीप सिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसुरमा मुद्दा दायर गरेका थिए ।

मुद्दा दायर भएकामध्ये न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन प्रहरी उपरीक्षक ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खडका ९/९ लाख रुपैयाँ र प्रहरी निरीक्षक जगदिश भट्ट ४ लाख रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका छन् । प्रहरी नायब निरीक्षक रामसिंह धामी र हरिसिंह धामी ३ लाख ५० हजार र प्रहरी जवान चाँदनी साउद २ लाख ५० हजार रुपैयाँ धरौटी रकम अदालतमा बुझाएर रिहा भएका थिए ।

विष्ट अदालतमा उपस्थित भए पनि केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायब उपरीक्षक अंगुर जिसी भने अदालतमा उपस्थित भएका छैनन् ।

प्रतिकृया दिनुहोस