पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना हुँदा २ विदेशी नागरिक घाइते

Paragliding accident

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा २ विदेशी नागरिक घाइते भएका छन् । मंगलबार ल्यान्डिङका क्रममा दुर्घटना हुँदा रसियन चालक एलेक्स वक्रिएन र चिनियाँ ७ वर्षीय बालक याङ गुङ जे घाइते भएका छन् ।

अघिल्लो महिना मात्रै पोखरामा ४ प्याराग्लाइडिङ दुर्घटना भएका थिए । जसमा २ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।

सराङकोटबाट उडेको प्याराग्लाइडिङ खपौंदीमा अवतरणका क्रममा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । उनीहरुको अहिले मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस