१ सय ३ किलो अवैध गाँजासहित बोलेरो प्रहरीको नियन्त्रणमा

Bolero pakrau

काठमाडौं । मकवानपुरबाट एकसय तिन किलो अवैध लागुऔषधसहित बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश नंं.३ को हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले १३ वटा पोकामा राखिएको १ सय ३ किलो लागुऔषध गाँजासहित बोलेरो नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक पवनकुमार झा नेतृत्वको टोलीले मकवानपुरको राक्सिराङ-५ बिर्खेखोलामा मनहरीतर्फ जाँदै गरेको ग.१ ज. ७२१९ नं.को बोलेरो चेक गर्दा गाडीचालक राक्सिराङ-९ बस्ने वर्ष २४ का पूर्णबहादुर थिङले बोलेरोभित्र लुकाइ राखेकोे अवस्थामा प्लास्टिकका ५ वटा बोरा गाँजा बरामद भएको हो ।

उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद, १५ हजारदेखि १ लाखसम्म जरिवाना र सवारीसाधन जफत हुने प्रहरीले बताएको छ ।

प्रहरीले १ सय ८४ किलो गाँजासहित ५ जनालाई यो भन्दा पहिले पक्रेको थियो ।

पछिल्लो समय गाँजा नियन्त्रणमा मकवानपुर प्रहरी निकै कठोर देखिएको छ । केही समययता प्रहरीले यसबारे विशेष चासो दिएको छ ।

प्रहरीले तस्करीमा संलग्न र भरियालाई पक्राउ गर्ने क्रम जारी राखेको छ ।

प्रतिकृया दिनुहोस