हतियार बुझाए कारबाही नहुने

Banduk 9 than

भैरहवा । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै रुपन्देही जिल्ला प्रशासनले सबैलाई हतियार बुझाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना सार्वजनिक गर्दै कानुन बमोजिम लिनुपर्ने इजाजत, नविकरण, नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले राखिएको भए पनि हतियार बुझाउन आग्रह गरेको हो ।

प्रशासनले हातहतियार बुझाउनका लागि अगामी वैशाख ५ गतेसम्म समय दिएको छ ।

नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेना ब्यारेकमा त्यस्ता हातहतियार बुझाउन सकिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

कसैले समयमै हतियार नबुझाएको पाइए कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

आफैं हतियार बुझाए कानुनी कारबाही नहुनेसमेत जिल्ला प्रशासनले प्रष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस