राउतसँगको सम्झौता जनमत विपरित : समाजवादी कांग्रेस

Samajbadi congress flage

काठमाडौं । हालै सरकारले स्वतन्त्र मधेश आन्दोलन गर्दै आएका सिके राउतसँग गरेको सम्झौताको नेपाल समाजवादी कांग्रेसले विरोध गरेको छ ।
समाजवादी कांग्रेसले बिखण्डनकारीसँग सम्झौता गरेर सरकारले राम्रो काम नगरेको तकै गरेको छ ।

सो पार्टीका सचिव मानबहादुर गुरुङद्धारा जारी विज्ञप्तीमा सरकारले राउतसँग गरेको सम्झौता जनताको अभिमत विरोधी भएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार सरकार र राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो । सो सहमति पत्रमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतको हस्ताक्षर गरेका थिए ।

राउतले २०६९ जेठ ८ गते स्वतन्त्र राज्यको लागि आन्दोलन घोषणा गरेका थिए । त्यसयता उनले मधेशलाई नेपालको अंग नभएको जिकिर गर्दै पटकपटक आन्दोलन पनि गरेका थिए ।

प्रतिकृया दिनुहोस