देशभरको मौसम बदली, दिनभर कस्तो होला ? मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

Mausam fsabdroyqv

काठमाडौं । बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली भएको छ । बुधबारसम्म घाम लागे पनि बिहीबारदेखि फेरि मोसम परिवर्तन भई आकासमा कालो बादल मडारिन थालेको छ ।

देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभर देशभरको मौसम बदलीकै अवस्थामा रहने मौसमविदले बताएका छन् ।

पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ ।

प्रतिकृया दिनुहोस