मेलामा सिलिण्डर बिष्फोट हुँदा २ जना घाइते

Gas bisfot

महोत्तरी । महोत्तरीको कञ्चनवनमा लागेको मिथिला माध्यमिकी परिक्रमा मेलामा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

सो मेलामा भएको सिलिण्डर फिष्फोट हुँदा मेलामा बेलुन बेच्दै आएका औरही नगरपालिका –२ का ४० वर्षीय रामकरण कापर र छेउमा बसेका गौशाला नगरपालिका –१० का ६० वर्षीय अमरुद्दिन लहेडी छन् ।

उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरुको अवस्थामा सुधार आएको छ ।

प्रतिकृया दिनुहोस