२३२ जना रोजगार संयोजकका लागि आवेदन खुल्ला, ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नुपर्ने

1547519637

काठमाडौं । सरकारले दुईसय ३२ रोजगार संयोजकका लागि पुनः दरखास्त आव्हान गरेको छ । यसअघिको विज्ञापनबाट आवश्यकता अनुसार पदपूर्ति नभएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः दरखास्त आव्हान गरेको हो ।

फागुन ३० गते अर्थात् आज बिहान १० बजेदेखि चैत्र ९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइड www.pmep.gov.np मार्फत् दरखास्त दिन सकिने मन्त्रालयले जनाएको छ ।

सातसय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि यसअघि नै आवदेन लिए पनि आवश्यकता अनुसार पदपूर्ति नभएपछि फेरि आवेदन खुलाइएका प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक प्रकाश दाहालले बताए ।

मन्त्रालयका अनुसार पुरानै मापदण्डअनुसार खाली रहेका स्थानीय तहमा रोजगार संयोजकको पदपूर्ति गरिनेछ । परीक्षामा उत्तीर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस