आगो लागेर गाई मरेपछि भौतारिएका युवक मृत अवस्थामा

Mirtu 1

पाँचथर । पाँचथरमा एक युवकको मृत्यु शंकास्पद मृत्यु भएको छ ।

पाँचथरको फिदिम नगरपालिका १२ नागिनका २९ वर्षका बिनोद थुलुङ राईको मृत्यु भएको हो ।

शुक्रबार खोले पकाउने क्रममा गोठमा आगो लागेर दुईटा गाई जलेर मरेपछि भौतारिएका राई दिउँसो मृत अवस्थामा भेटिएका थिए ।

आगो लागेर गाई मरेपछि घरबाट निस्किएका बिनोदलाई उनकै दाई सन्तोष राईको घरमा मृत भेटिएको वडाध्यक्ष प्रेमनारायण आचार्यले जानकारी दिए ।

मृतक राईको नाकबाट रगत आएकाले घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीले राईको सब पोष्टमार्टका लागि फिदिम ल्याउन मुचुल्का गरेपछि आफन्त र दाजुभाईले प्रहरीलाई असहयोग गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलको भनाई छ ।

वडाध्यक्ष आचार्यले घटना शंखास्पद नभएको बताएका छन् । दाम्लोमै गाई जलेर मरेपछि तनाबमा परेका राईले मदिरा सेवन गरेपछि उनको मृत्यु भएको आचार्यको बताए ।

‘उनी उच्च रक्तचापका बिरामी थिए,’ आर्चायले भने ‘बिनोदको मृत्युमा शंका गर्नुपर्ने ठाँउ नै छैन ।’

राईहरुको संस्कारमा पोष्टमार्टम गर्न नहुँने भएकाले बिनोदका दाजुभाई र आफन्तले शव पोष्टमार्टम गर्न नमानेको आचार्यको भनाई छ ।

प्रतिकृया दिनुहोस