निर्मला हत्या प्रकरण : बम दिदीबहिनीद्धारा जिल्ला अदालतमा अपमानको मुद्दा दायर

Bam sister

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा दोषी देखाइएकी बम दिदीबहिनीहरुले गाली बेइज्जती तथा अपमानको मुद्दा दर्ता गराएका छन् ।

जिल्ला अदालत कञ्चनपुरमा पत्रकार खेम भण्डारीसहित ३ जनाविरुद्ध गाली बेइज्जती विरुद्धको मुद्दा दर्ता भएको छ ।

निर्मलाकी साथीसमेत रहेकी रोशनी बमकी दिदी अनिता बमले पत्रकार भण्डारी, नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र कैलालीका भक्ति फुलाराविरुद्ध गाली बेइज्जती तथा चरित्र हत्याविरुद्धको मुद्दा दर्ता गरेकी हुन् ।

नेपाल मानव अधिकारी संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा बम दिदीबहिनीलाई दोषी ठहर गरेको थियो ।

प्रतिवेदनमा अनिता डान्सबारमा काम गर्ने केटी भन्दै उल्लेख गरिएको थियो ।

अनिताले अहिलेसम्म अपमानित भएर बस्नु परेको भन्दै ३ जनाविरुद्ध मुद्दा दायर गरेको बताएका छन् ।

पत्रकार खेम भण्डारीले सञ्चारमाध्यममार्फत झुटा, कपोकल्पित तथा भ्रामक समाचार सम्प्रेषण गरेको अनिताको भनाई छ ।

जिल्ला अदालत कञ्चनपुरमा बिहीबार दर्ता भएको मुद्दाको सुनुवाइ हुने क्रम रहेको अदालत स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस