कर्णालीमा डुंगा पल्टिँदा होटल सन्चालकको मृत्यु

Paanu dubnu

दैलेख । कर्णाली नदीमा डुंगा पल्टिँदा दैलेखको आठबिस नगरपालिका–६ का ५५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको छ ।

राकमबजारमा होटल सन्चालन गर्दै आएका शाहीको शुक्रबार नदीमा डुबेर मुत्यु जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

कर्णाली नदीमा माछा लिन गएका बेला डुंगा पल्टिँदा शाही डुबेका थिए ।

डुंगा पल्टिएलगत्तै स्थानीयहरु उद्धारमा लागे पनि शाहीलाई नदीबाट मृत निकालिएको प्रहरीले जनाएको छ ।

उनीसँगै डुंगामा सवार अन्य दुई जना भने पौडेर निस्किएको बताइएको छ ।

प्रतिकृया दिनुहोस