१० वर्षीया बालिकालाई करणी गरेको आरोपमा २ जना पक्राउ

Pakrau 12

दाङ । दाङमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका १० की १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा सोही ठाउँका १३ वर्षीय किशोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पीडितका बुवाको जाहेरीका आधारमा किशोरलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक रामप्रसाद घर्तीले बताए ।

यही फागुन १ गते बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै घोराही ४ निवासी १४ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ ।

रोल्पाको रुण्टीगढी गाउँपालिका १ का १८ वर्षीय युवराज रानालाई पक्राउ गरिएको हो ।

यही फागुन २१ गते ती बालिकालाई करणी गरेको पीडितका बुवाको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस