अन्नपूर्ण पदमार्गमा हराएका गाइडको दुई सातापछि शव फेला

Mirtu 884545

मनाङ । अन्नपूर्ण पदमार्गबाट १६ दिनअघि हराइरहेकामध्ये शुक्रबार एक जनाको शव फेला परेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका अन्तर्गत ढिकुरपोखरी नजिकको क्याङली भिरमा शुक्रबार टुरिष्ट गाइड अजय ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यलय चामे मनाङका प्रहरी निरीक्षक श्रवेन्द्रकुमार विकले जानकारी दिए ।

ढकालसँगै रहेका हल्याण्डका नागरिक डोलोमा डेसिलेन्टको अवस्था भने अज्ञात छ ।

ढकालको शव उनका दाइले पहिचान गरेका हुन् । उनको शव पोष्टमार्टमका लागि हेलिकोप्टरबाट शनिबार नै काठमाडौं लगिँदैछ ।

हराएका डेसिलेन्टको भने खोजी जारी रहेको प्रहरी निरीक्षक विकले बताए ।

हुम्डे प्रहरी चौकी हुम्डे मनाङले माथिल्लो बेल्ड, पिसाङ, ङावोल र घ्यारुलगायतठाउँमा खोजी भइरहेको विकले बताए ।

थोरङ पासका लागि माथिल्लो भेग गुम्छाङ हुँदै लेदर पुगेर फर्किने क्रममा उनीहरू फागुन ९ गते ढिकुरपोखरी नजिकबाट हराएका थिए ।

उनीहरू हिमपहिरोमा परेको अनुमान गरिएको थियो ।

प्रतिकृया दिनुहोस