राजनीतिक अधिकारका लागि महिला सहभागीतामा जोड

Dkt mahila news

धनकुटा । महिला अधिकार प्राप्तिका लागि राजनीतिमा महिलाको सहभागीता अनिवार्य हुनुपर्नेमा धनकुटाका महिला नेतृहरुले जोड दिएका छन् ।

संविधानमा लेखिएको महिला अधिकारको विषयहरु अहिलेसम्म कार्यन्वयन नभएको नेपाल महिला संघ धनकुटाले शुक्रबार आयोजना गरेको महिलाका संविधान प्रद्धत अधिकारहरु कार्यन्वयनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागागीहरुले महिला सहभागीतामा वृद्धि गरिनुपर्नेमा जोड दिएका हुन् ।

प्रदेश नं. १ नम्वरका सांसद तथा नेपाल महिला संघ धनकुटाकी अध्यक्ष लिला सुब्बाले संविधानमा महिला अधिकारको विषयमा धेरै अधिकारहरुको व्यवस्था गरिए पनि अहिलेसम्म कार्यन्वयन नहुनु विडम्वना भएको बताइन् ।

सो कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, सदस्यहरु रविन्द्र नेपाली, सिता श्रेष्ठ, सुमना तिम्सिना, अम्विका परियार, दुर्गा अधिकारी, नेपाल महिला संघकी पूर्व निवर्तमान सदस्य टिका भण्डारी, धनकुटाका पूर्व अध्यक्ष अम्विका राई, महिला संघ धनकुटाकी नगर सचिव रेणु श्रेष्ठ लगायतले राजनीतिमा महिलाहरुको सहभागीता बढाउन राजनीतिक दलहरुले पहल गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस