७ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

Pakkrau

सिरहा । सिरहामा सात वर्षीया एक बालिकालाई अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

सिरहाको सुखीपुर नगरपालिका–८ का २० वर्षीय सञ्जय साहले विहिवार दिउँसो सोही गाँउकी सात वर्षीया बालिकालाई अप्राकृतिक मैथुन गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलले बताए ।

उनका अनुसार आरोपित साहले घटना गराएको भनी बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गराएको छ ।

बालिका र पक्राउ परेका साहको स्वास्थ्य परीक्षण गरिएको डिएसपी खरेलले जानकारी गराए ।

बालिकाको योनीबाट रक्तश्राव हुँदा जिल्ला अस्पताल सिरहामा सम्भव नभएपछि धरानमा स्थास्थ्य परीक्षण गरिएको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस