केपी ओलीले भने, लुट्ने हो बरु लुटेरा विप्लव समुह नाम राख्नुस्

Kp li 24 1

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शार्म ओलीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई नेकपाको नाम हटाउन आग्रह गरेका छन् ।

ओलीले आफुलाई नेकपा भन्न पनि लाज भएकाले लुट्ने नै हो भने नेकपाको नाम हटाएर लुटेरा समुह नाम राख्न भनेका छन् । ‘नेकपा भन्न लाज हुन्छ, हुँदा पनि होइन नेकपा । विप्लव समूह भन्ने छ एउटा । कमसेकम लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक’ उनले भने, ‘आफूले पनि नेकपै भन्नु पर्‍या छ । त्यस्ताले पनि नेकपा भन्छन् । बेइजत भइसक्यो नेकपा भन्दा पनि ।’

लामो समयदेखि स्वतन्त्र मधेशको आन्दोलनमा उत्रिएका डा. सिके राउतलाई शान्तिपूर्ण रुपमा राजतीतिक अवतरण गराउँदै ओलीले भने, ‘लुट्ने नै हो भने लुटेरा विप्लव समुहको नाम राख्नुस्, लुटेरा प्रकाण्ड समुह राख्नुस् ।’

‘मान्छेको हत्या गरेर हिड्ने, विष्फोट गराएर हिड्ने ? त्यसरी लुट्न पाइन्छ ?’ ओलीले भने, ‘लुट्ने नै हो भने नेकपाको नाम हटाएर लुटेरा विप्लव समुह भने पनि हुन्छ । लुटेरा प्रकाण्ड समुह भने पनि हुन्छ ।’

उनले त्यसरी लुटको खेतीमा नलाग्ने हो भने राजनीतिक बाटो रोज्न आग्रह पनि गरे । ‘नत्र भने सरकारले शान्ति सुरक्षा गर्छ । तपाईहरुको घरमा खानतलासी गर्छ ।’

प्रतिकृया दिनुहोस