व्यापारी केडियाको अपहरणमा संलग्न दुई भारतीय पक्राउ

3 jana pakrau

काठमाडौं । वीगन्जका व्यापारी सुरेश केडिया अपहरणका मुख्य योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

भारत मोतियारी जिल्लाका पासवान र उनका सवारी चालक विजयकुमार कुशवाहलाई बिहीबार राति पक्राउ गरिएको पर्सा प्रहरी स्रोतले जनाएको छ ।

दुबैलाई सिपहरमाई गाउँपालिका भिसुवा आसपासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यापारी केडिया २०७३ साल जेठ १३ गते अपहरणमा परेका थिए ।

पर्सा फर्कने क्रममा उनलाई बाराबाट अपहरण गरिएको थियो ।

केडियाका चालकलाई गोली हानी अपहरणकारीले भारत मोतियारी पुर्याएका थिए ।

हुन्डीमार्फत १० करोड फिरौती बुझाएपछि केडिया तीन दिनपछि अपहरणमुक्त भएका थिए ।

पक्राउ परेकालाई सार्वजनिक गर्ने तयारी पर्सा प्रहरीले गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस