प्रधानमन्त्री केपी ओली भन्छन्, सिके राउत थिंकर पनि हुन्

Kp oli 24

काठमाडौं । प्रधानमन्त्री केपी ओली र स्वतन्त्र मधेश आन्दोलनको पक्षमा लागेका डा. सिके राउतले शुक्रबार मञ्चमा एउटै भाषण गरे । दुबैको एउटै स्वर थियो अहिंसा नै सर्वेसर्वा हो ।

लामो समयदेखि स्वतन्त्र मधेशको माग राख्दै आन्दोलनमा रहेका सिके राउतसँग भएको ११ बुदे सम्झौतापछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशले शान्ति खोजिरहेकाले कसैले हिंसा मच्चाउन चाहेर पनि सम्भव नहुने बताए ।

‘जनताभन्दा ठूलो केही हुन्न । यो राज्य र जनताकै जित भएको छ । अब हिंसात्मक आन्दोलन गरेर समय खेर फ्याल्ने बेला छैन’ सोही कार्यक्रममा सिके राउतले भने, ‘अब आफ्नो अधिकार स्थापित गर्ने बेला जनताको हो । जे हासिल गर्नुछ, जनताले आफ्नो अधिकार प्रयोग गरुन ।’

सो कार्यक्रममा प्रधानमनत्री ओलीले सिके राउतलाई निर्णय गर्ने अदभुत क्षमता भएको व्यक्तिको रुपमा चित्रण गरे । उनले भने, ‘मैले सिके राउतमा यो अदभुत क्षमता देखे, जुन क्षमता पुष्पकमल दाहाल प्रचण्डमा थियो ।’

ओलीले सिके राउतलाई थिंकरको संज्ञा दिए । ‘उहाँ राम्रो साइटिस्ट हो । इन्जिनियर हो । तर, कता कता बाटो बिराएर बिग्रनुहुहन्छ कि भन्ने डर थियो’ उनले भने, ‘उहाँ अहिले सही बाटोमा आउनु भएको छ । उहाँको त्यो क्षमतालाई सम्मान गर्नुपर्छ ।’

ओलीले सिको राउतका कार्यकर्ता छुट्दैनन् की भन्ने शंका नगर्न आग्रह पनि गरे । उनले भने, ‘त्यो बाटोमा रहेका साथीहरुलाई केही असहज हुनसक्छ । तर विस्तारै सहज बन्दै जान्छ ।’

प्रतिकृया दिनुहोस