कञ्चनपुरमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु

Mirtu 884545

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ नौलाखेतमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउका १० वर्षीय बालक विकास ऐरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार म १ ख ७३७ नम्बरको टिप्परले ठक्कर दिदा बालकको घटना स्थलमै ज्यान गएको जनाएको छ ।

टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालकको शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस