शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीच सहमति

Sikshya mantralye22

काठमाडौँ । शिक्षा मन्त्रालय र स्थायीको माग राखेर आन्दोलनरत राहत, करार, अस्थायी र प्रारम्भिक बालविकास केन्द्र (ईसीडी)का शिक्षकबीच बुधबार सहमति भएको छ ।

राहत र ईसीडी शिक्षक केन्द्रीय समिति शतप्रतिशत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायीको माग गर्दै अन्दोलनमा थिए ।

संघीय शिक्षा विधयेकको मस्यौदामा ८० प्रतिशत खुला र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक स्थायी गर्ने प्रावधान छ ।

बुधबार भएको सहमतिमा उक्त प्रतिशत हटाउने र आवश्यक कार्यविधि बनाएर आन्तरिकरखुल्ला प्रक्रियाबाट तोकिए बमोजिम गर्ने सहमति भएको छ ।

सहमति पछि बिहीबार देखि शिक्षकहरु पढाउन फर्किएको राहत शिक्षकका अध्यक्ष खेमराज अधिकारीले बताए ।

मुलुकभर ४० हजार राहत, ३६ हजार ईसीडी, १३ हजार करार र अस्थायी शिक्षक छन् ।

प्रतिकृया दिनुहोस