साँगामा कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

Krisi

काठमाडौं । काभ्रेको साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नंम्बर तीनको कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिएको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले जानकारी दिए ।

उनले विश्वविद्यलयको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयारी गरी गुरुयोजनासमेत निर्माण गर्न कन्सल्टेन्सी छनौट गरी जिम्मा दिइएको समेत बताए । मन्त्रालयले गुरुयोजनाका लागि ३० लाख छु्ययाएको छ ।

बनेपा नगरपालिका–१४ मा बन्न लागेको विश्वविद्यालयका लागि प्रदेशसभा सदस्य हुमागाईं, जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, मन्त्रालयका उपसचिव रमा मानन्धर, बनेपा न.पा प्रमुख लक्ष्मीनरसिंह वादे र उपप्रमुख रेखा दाहाल, बनेपा न.पा १४ नं वडाध्यक्ष गौरी राउतको टोलीले जमीनको निरीक्षण गरेको हो । विश्वविद्यलायका लागि बनेपा नगरपालिकाले १४ नं वडाको १४९ रोपनी जमीन दिने भएको छ ।

प्रतिकृया दिनुहोस