कार्यकर्ता छुटाउन बिप्लवको ५ जिल्ला बन्द, पहाडको जनजीवन प्रभावित

Fqpe8wq8 6au2esumw1

प्युठान । बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टीले आज दाङसहित ५ जिल्लामा बन्दको घोषणा गरेको छ । जसका कारण यो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

दाङको तुलसीपुरबाट प्रहरीले आफना कार्यकर्ता पक्राउ गरेको भन्दै उनीहरुलाई रिहाईको माग गर्दै दाङसहित सल्यान, रुकुम, रोल्पा, प्यूठान जिल्लामा बन्द घोषणा गरेको हो ।

बन्दको प्रभाव पहाडी प्युठान, रोल्पा, रुकुम र सल्यानमा बढी परेको छ । यातायातका कुनै सवारी साधन गुडेका छैनन् । दाङमा बन्दको आंशिक प्रभाव परेको छ ।

देशैभर र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गैरकानुनी र गैरलोकतान्त्रिक रुपमा गिरफ्तार, धरपकड, कुटपिट, मध्यरातमा आफ्ना नेता कार्यकर्ताहको घर खानतलासी, गालीगलौज, आतंकित पार्ने र रोल्पा, दाङलगायत जिल्लाहरुमा शान्तिपूर्ण रुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने गतिविधि भैरहेकाले यस्ता गतिविधिको विरोध गर्दै बन्द आह्वान गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत फागुन २० गते रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लाल बहादुर विक, नृतेन्द्र सेन र फागुन २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदीप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै विनासर्त रिहाइ गर्न मागसहित बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस