वायु सौर्य मिश्रित आयोजना विगत छ महीनादेखि ठप्प

Bayu sourya e1551873279580

काठमाडौं । एक करोड ११ लाखको लागतमा मकवानपुरको बागमती गाउँपालिकामा निर्माण गरिएको वायु सौर्य मिश्रित आयोजना विगत छ महीनादेखि ठप्प भएको छ ।


गाँउपालिका–५ भोर्लेनीमा स्थापित उक्त आयोजना नेपालको दोस्रो वायु सौर्य मिश्रित आयोजना हो । आयोजनाको ब्याट्री पड्किएको र उपकरणको मर्मत सम्भार नगर्दा आयोजनाको काम ठप्प भएको हो ।


विसं २०७२ मा निर्माण गरिएको २५ किलोवाट क्षमताको आयोजनामा सौर्य शक्तिबाट १५ किलोवाट र हावाबाट १० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो ।


भोर्लेनी वायु तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर घलानका अनुसार आयोजना सञ्चालन भएदेखि नै समस्या थियो ।

प्रतिकृया दिनुहोस