काठमाडौँ महानगरपालिकामा तत्काल आकाशे पुल निर्माण कार्य शुरु नहुने

Title damak liuhmq4gag

काठमाडौं । काठमाडौँ महानगरपालिकामा आकाशे पुल निर्माणकार्य शुरु गर्न अझै केही समय लाग्ने भएको छ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको शुरुको पहिलो महीना विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताए पनि हालसम्म शुरु हुनसकेको छैन ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले निर्माणका लागि प्राविधिक छलफल भइरहेकाले शुरु गर्न अझै केही समय लाग्ने बताए । केही समयअघि मात्रै कामपाले तत्काल दुई स्थान चाबहिल र पुरातत्व विभाग अगाडि पुल निर्माणको काम गर्ने भने पनि हाल ती स्थानमा पनि निर्माण नहुने भएको छ ।

आठ स्थानमा पुल निर्माणका लागि टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पनि नयाँ पुल निर्माण गर्ने कामपाको योजना रहेको छ ।

प्रतिकृया दिनुहोस