अभद्र व्यवहार गर्ने ७ बिचौलिया पक्राउ

Pakkrau 1

काठमाडौं । महानगरीय प्रहरी प्रभाग बलम्वुले सात जना बिचौलियालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका वडा नं ५ गर्जुधारास्थित यातायात कार्यालयबाहिर सार्वजनिक सडकमा यातायात कार्यालयमा आउने विभिन्न पुरुष तथा महिला सेवाग्राहीहरूलाई विभिन्न बहानामा हैरानी दिइ अभद्र व्यवहार हुने गरेको भन्ने विशेष सूचनाको आधारमा सात जना बिचौलियालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमार विक्रम थापाले बताए ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरीक्षक शकंर खड्काका अनुसार पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नपा घर भई चन्द्रागिरी नपा ५ थानकोट बस्ने २९ वर्षका रेमश पराजुली, दोलखा जिरी नपा ९ घर भई हाल हरिसिद्धि ललितपुर बस्ने २८ वर्षका राज कुमार जिरेल, ललितपुर हरिसिद्धि १ बस्नेमा २७ वर्षीय सुनिल महर्जन, ललितपुर तालसिखेल १४ घर भएका २४ वर्षीय उत्तम गुरुङ , ललितपुर भैंसीपाटी फूलबारी मार्ग बस्ने १८ वर्षीय सुरज गुरुङ, ओखलढुंगा चम्पादेवी ४ घर भई चाबहिल कपन बस्ने २७ वर्षीय पुस्कर कटुवाल र बारा निजगढ ५ घर भई ललितपुर सातदोबाटो बस्ने २४ वर्षीय ईन्द्र बहादुर तामाङ रहेका छन् ।

प्रहरीले उनीहरूमाथि अभद्र व्यवहारअन्तर्गत म्याद थप गरी मुद्दा चलाएको बताएको छ ।

प्रतिकृया दिनुहोस