संसदमा भट्टराईका रोचक किस्सा, भोजपुरमा बाँदर आतंक रहेछ

Baburam vattarai arliament

काठमाडौं । संसदमा बाँदरदेखि ब्यापारीसम्मका कुरा गर्दै लम्वेतान भाषण गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विप्लवदेखि मधेसीसम्मका कुरा कोट्याएका छन् ।

एक महिने पुष्पलाल राजमार्गको भ्रमणको क्रममा उनले देखेका भोगेका कुरा संसदमा सुनाएका थिए । गाउँमा स्थानीय जनप्रतिनिधिहरुसँगको कुराकानीका प्रसंग कोट्याउँदै उनले समस्या समाधानको लागि सुझावको रुपमा पेश गरेका थिए ।

गाउँका किसानका समस्या सुनाउने क्रममा डा। भट्टराईले भोजपुरका किसानको बाँदर आतंकको समस्या पनि सुनाएका थिए । ‘भोजपुरको अरुण गाउँपालिकाका अध्यक्षसँग तपाईँको मुख्य समस्या के हो भनेर मैले सोधेँ । उहाँले बाँदर आतंक भन्नुभयो । ठट्टा हो कि भन्ठानेको साँच्चै नै रहेछ । सुन्दा ठट्टा जस्तो लाग्ने तर साँच्चिकै समस्या रहेछ ।’

खासगरी संघीयता लागु गर्ने, कानुन निर्माण, सीमांकन, नामाकरण लगायत समस्य उनले संसदलाई सुनाएका थिए । गाउँका स्कुलमा शिक्षक नपुगेको, अस्पताल अभावबारे पनि उनले सम्बोधनको क्रममा राखे ।

बुधबार संसदलाई सम्बोधन गर्दै डा. भट्टराईले सशस्त्र द्वन्द्वकालीन घटनाहरु ‘क्षमा गर र भूल’ भन्ने नीति अपनाउनुपर्ने बताए । यदि कसैलाई दण्डित नगरी नहुने भए आफूलाई दण्डित गर्न चुनौती दिए ।

डा. भट्टराईले सत्यनिरुपण र मेलमिलाप तथा बेपत्ता आयोगले फर्गिभ एण्ड फर्गेट अर्थात ‘क्षमा गर र भूल’ को आधारमा काम गर्नुपर्ने बताए । उनले भने, ‘दुनियाँ कराउँदै गर्छ तर, हाम्रो शान्ति प्रक्रिया आफैं ढंगको हो ।’ उनले कसैलाई दण्डित गर्नुपर्छ भने माओवादीले बनाएको समानान्तर सरकार संयुक्त राष्ट्रिय जनपरिषद्को प्रमुखको नाताले आफूलाई दण्डित गर्न आग्रह गरे ।

‘फरगिभ एन्ड फर्गेटको आधारमा अघि बढ्नुपर्छ । यसको विकल्प पनि छैन । कसलाई दण्डित गर्नुपर्छ गरौं’ उनले भने, ‘साथीहरुलाई अझै रिस बाँकी छ भने दण्डित गर्नुहोस्, म दण्ड भोग्न तयार छु । तर यसले समृद्धिको बाटो छेकेको छ ।’

 

प्रतिकृया दिनुहोस