घुम्न निस्केका प्रहरी नहरमा डुबेको अवस्थामा फेला

Mirtu 1

दमौली । कलेस्ती अस्थायी प्रहरी चौकीका एक प्रहरी जवानको साता दिनपछि शव भेटिएको छ । उनी गत फागुन १५ गते मंगलबार ड्युटी सकेर राति घुम्न निस्किएका थिए ।

प्युठान घर भएका २४ वर्षीय ठगेन्द्र घर्ती मगर बेपत्ता भएपछि खोजी थालिएको थियो । उनको शव मंगलबार हराएको भनिएको ठाउँबाट केही मिटर पर नरहमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गण कुरिनटारका गोताखोरले शव नहरबाट झिकेका थिए ।

राति १० बजेतिर ड्युटी सकेर आफू बस्ने घरका घरबेटी शैलेन्द्र घिमिरेसँग मादी पारी चिन्टुटार गएका थिए । फर्कने क्रममा उनी बेपत्ता भएको सार्वजनिक भएको थियो ।

कलेस्तीबाट मादी तरेर जानुपर्ने चिन्टुटार जाँदा नजिकैको झोलुंगे पुलबाट तरेका मगर फर्कंदा भने मादी तरेर आएको सँगै गएका घिमिरेको बयान उद्धृत गर्दै प्रहरीले बताएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घटनाको दिन राति फर्किएका घिमिरे पनि भिजेको अवस्थामा फर्किएका थिए ।

तर नजिकै भएको झोलुंगे पुल चढ्न छाडेर उनीहरु मादी नदी हिंडेरै तर्नुको कारणबारे भने प्रष्ट भएको छैन । जवान मगर कलेस्तीमा आएको करिब तीन महिना मात्र भएको छ ।

प्रहरीले घटनाका बेला मगरसँगै गएका साथी घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । ’अनुसन्धान थालेका छौं,’ उनले भने,’पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धान पछि घटनाबारे थाहा हुनेछ ।’

प्रतिकृया दिनुहोस