रेशम चौधरीको पद च्वाट हुने, लक्ष्मण थारु छुट्दै 

Resham chaudhari 2

काठमाडौं । अदालतले टीकापुर घटनामा दोशी ठहर गर्दै जन्मकैदको फैसला गरेसँगै कैलाली–१ का सांसद रेशम चौधरीको पद खोसिने भएको छ । चौधरी २०७४ को प्रतिनिधि सभा चुनावमा कैलाली १ बाट सांसद निर्वाचत भएका थिए ।

संविधानको धारा ८७ ले सांसद हुने योग्यतामा ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको’ व्यक्ति हुनुपर्ने व्यवस्था छ । धारा ८९ ले ‘धारा ८७ बमोजिम योयता नभएमा वा नरहेमा’ संघीय संसदको सदस्यको स्थान रिक्त हुने व्यवस्था गरेको छ ।

संविधानले नैतिक पतनमा फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति सांसद हुन नसक्ने प्रावधान राखेको छ । यो फैसलासँगै अब चौधरकिो पद नरहने भएको छ । चौधरीलाई बुधबार कैलाली जिल्ला अदातलले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

चौधरीमाथि ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी टीकापुरमा हिंसा भड्काउन मुख्य योजनाकारको रूपमा भूमिका खेलेको अभियोग लागेको थियो । २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भड्किएको हिंसामा ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले थारु रिहा हुँदैछन् ।

प्रतिकृया दिनुहोस