प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य

Kp oli hospitall

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् ।

प्रधानमन्त्रीको उपचार एवम् परीक्षण प्रा. डा. अरुण सायमीको संयोजकत्वमा भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराइरहेका र त्यस क्रममा थप केही परीक्षण गर्न उपयुक्त देखिएकाले अब्जरभेशनमा राखिएको पनि सेन्टरले बताएको छ ।

प्रतिकृया दिनुहोस