टीकापुर घटना : राजपाको आकस्मिक बैठक बस्दै

Rjp

काठमाडौं । टीकापुर घटनामा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाइएपछि राजपाको आकस्मिक बैठक केहीबेरमा बस्दैछ ।

कैलाली १ बाट राजपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले आज जन्मकैद फैसला सुनाएको थियो ।

राजपाका महासचिव केशव झाले टीकापुर काण्डमा आएको अदालतको फैसालाबारे पार्टीको बैठकपछि आधिकारिक धारणा आउने बताए ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित अन्य १० जनाको योजनामा उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्या भएको ठहर गरेको हो ।

७ भदौ ०७२ मा भएको उक्त घटनामा एक नाबालकको समेत हत्या गरिएको थियो ।

प्रतिकृया दिनुहोस