टीकापुर घटना प्रकरण : घटनामा को-को मारिएका थिए ?

Tkp ghatana

काठमाडौँ । कैलालीको टीकापुर २०७२ साल भदौ ७ गते भएको हिंसात्मक घटनाको मुद्दाको फैसला साढे तीन वर्षपछि बुधबार भएको छ ।

घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका १२ जनालाई जन्मकैदको फैसला भएको छ भने १५ जना जेलबाट छुटेका छन् ।

साढे तीन वर्ष अघि भएको उक्त घटनामा प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्दले ज्यान गुमाएका थिए ।

त्यस्तै सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीको पनि घटनामा मृत्यु भएको थियो । एक जना नाबालक टेकबहादुर साउदको पनि घटनामा मृत्यु भएको थियो ।

टीकापुर घटनामा घाइते भएका प्रहरी हवल्दार जनक नेगीको उपचारका क्रममा ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस