हेलिकप्टर दुर्घटना : घटनास्थलमा पेस्तोलसहित अन्य वस्तु जलेको अवस्थामा फेला

Heli acci taple jung

ताप्लेजुङ । एक साता अघि ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित सिस्नेभीरको दाह्रेढुंगामा भएको डाइनेष्टिक एयरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल फेला परेको छ ।

अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोलीले मंगलबार घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको हो ।

उक्त दुर्घटनामा जमदार घिमिरेसहित ७ जनाको ज्यान गएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस