पछौरा मिलले तान्दा करेन्ट लागेर किशोरीकोे मृत्यु

Mirtu 123

बाजुरा । जिल्लाको उत्तरी भेगको जगन्नाथ गाउँपालिका–४ वडाको थारीकाँडामा आज बिहान करेन्ट लागेर १४ वर्षीया किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका गोवर्धन खत्रीकी १४ वर्षीया छोरी सिर्जना रहेको बाजुरा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए ।

बुबासँगै मिलमा गएकी सिर्जनाले ओढेको पछौरा चलिरहेको मिलले तान्दा उनी लडेर तारमा छोएकीले करेन्ट लागेर मृत्यु भएको उनले बताए ।

मृतक किशोरीको शव परीक्षका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लागिएको छ । मिल मृतक किशोरीको बुबाले सञ्चालन गर्दै आएको बताइएको छ ।

प्रतिकृया दिनुहोस