बालिका बलात्कार गरी फरार अभियुक्त पक्राउ

Pakkrau 1

लहान । बलात्कारको आरोपमा सिरहाको खेतबारीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गोलबजार नगरपालिका–९ डण्डाटोलका बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पोल्टु महरालाई पक्राउ गरेको छ ।

छिमेकी १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

गत शुक्रबार बेलुका खेतबारीबाट आउँदै गरेको अवस्थामा महराले आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताएको प्रहरीको भनाइ छ ।

दुवै जनाको स्वास्थ्य परीक्षण गराएको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताए ।

प्रतिकृया दिनुहोस