नेता अधिकारीको आजै अन्त्येष्टि

Bharat mohan

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको आजै अन्त्यष्टि गरिने भएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका अधिकारीको शनिबार साँझ उपचारको क्रममा निधन भएको थियो ।

अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि (नेकपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ ।

आइतबार बिहान ९ बजे श्रद्धाञ्जलीको मध्याह्न १२ बजेसम्म पार्थिक शरीर राखिने भएको छ ।

अधिकारी आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने (नेकपा) ले जनाएको छ ।

अधिकारी अर्थमन्त्री हुँदा आफ्नो गाउँ आफै बनाउ र वृद्धभत्ताको घोषणा गरेपछि चर्चामा थिए ।

प्रतिकृया दिनुहोस