७ जनाको शव पोष्टपार्मटम सम्पन्न, आफन्तलाई बुझाएपछि श्रद्धाञ्जलीका लागि टुँडिखेल लगिने

Helicopter crash 8dlvqm1fbw.jpg.800x630 q100 crop

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव पोष्टपार्मटम सम्पन्न भएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसीन विभागमा सबै शवको पोष्टमार्टम बिहीबार दिउँसो २ बजेदेखि शुरु गरेको थियो । पोष्टमार्टम शुरु भएको ११ घण्टापछि सबै शवको पोष्टमार्टम सकिएको विभागका प्रमुख डाक्टर रिजेन श्रेष्ठले बताए ।

सबै शवको पोष्टमार्टम सकिएकाले अहिलेकेहिबेरमा अस्पतालले मृतकका आफन्तहरुलाई शव बुझाइने डा श्रेष्ठले बताए ।

बिहीवार दिउँसो २ बजेदेखी पोष्टमार्टको लागि खटिको र सबै शवहरुको पोष्टमार्टमको काम राति १ बजे सकिएको डा श्रेष्ठले बताए । अस्पतालले मृतकका परिवारलाई शव बुझाउएपछि प्रहरीले नै श्रद्धाञ्जलीका लागि टुँडिखेल लगिने बताईएको छ ।

 

प्रतिकृया दिनुहोस