धेरै स्थानमा आज मौसम सफा रहन्छ: मौसमविद

Mausam

काठमाडौँ । पहाडी भूभागमा आंशिक बदली भएपनि अन्य क्षेत्रमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भूभागमा भने केहि दिनदेखि मौसममा बदली कायमै छ । शुक्रबार पनि आंशिक बदली रहने मौसमविदले बताएका छन् । अन्य स्थानमा भने आकाश खुलेर घाम लाग्ने महाशाखाले जनाएको छ ।

शुक्रबार राति पनि पहाडी क्षेत्रमा बदली हुने र अरु स्थानको मौसम सफा नै रहने महाशाखाले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस