एक्कासि अस्वस्थ भएपछि सिंचाई मन्त्री वर्षमान पुन नर्भिकमा भर्ना

Barsaman 1024x683

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । बिहीबार एक्कासि अस्वस्थ भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। डा यादवदेव भट्टको टोलीले उनको उपचार गरिरहेको छ ।

मन्त्री पुनको मुटुमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । उनको सिसियूमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनलाई औषधि चलाइएको र अहिले अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

मन्त्री पुन बेहोस भएर लडेपछि उपचारका लागि नर्भिक लगिएको थियो । उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका थिए ।

प्रतिकृया दिनुहोस