वैदेशिक रोजगार प्रवर्धन बोर्डको सेवा अब बबरमहलबाट

Bibhag bulding

काठमाडौं । वैदेशिक रोजगार प्रवर्धन बोर्डले आफ्ना अब सबै सेवा बबरमहलबाट दिने भएको छ । बानेश्वरस्थित सचिवालयबाट दिँइदै आएको सेवा पनि अब बबरमहलरस्थित नेपाल औषधि लिमिटेडको भवनबाट दिइने बोर्डले जनाएको छ । हाल कार्यालय सर्ने काम भइरहेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित, कामदारको हकहितको संरक्षण गर्न बोर्डले काम गर्दै आएको छ । बोर्डवाट हालसम्म मुख्य रूपमा मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च, बिदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिक मन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामुलक कार्यक्रम सञ्चालन, बिदेशमा सुरक्षित गृह सञ्चालन गर्ने कार्य गर्दै आएको छ ।

नयाँ अन्तराष्ट्रिय श्रम बजारको खोजीका लागि अध्ययन गर्ने, वैदेशिक रोजगार प्रवर्द्धनको लागि सूचना संकलन, प्रशोधन र प्रकाशन गर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषको परिचालन गर्ने, वैदेशिक रोजगारीमा गएका कामदारको हित संरक्षण लगायतका काम बोर्डबाट हुँदै आएको छ । बोर्डले गत पुस मसान्तसम्म आवेदन लिएर विदेशबाट फर्किएर स्वदेशमै केही गर्न चाहने सीप भएकालाई १० लाख रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने काम समेत शुरु गरेको छ ।

प्रतिकृया दिनुहोस