दूतावासद्धारा हेलिकप्टर दुर्घटनामा निधन भएकोमा दुःख व्यक्त

Baharain dutabas

काठमाडौं । नेपाली राजदूतावास मनामा, बहराईनले ताप्लेजुङ जिल्लामा भएको हेलिकप्टर दुर्घटनामा परी ७ जनाको निधन प्रति गहिरो दुःख व्यक्ति गरेको छ ।

राजदूतावासले बिहीबार सूचना जारी गरी दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी लगायतका ७ जनाको निधन भएकोमा दुःख व्यक्र गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना समेत गरेको छ ।

ताप्लेजुङमा बुधबार एअर डाइनेस्टीको हेलिकप्टरमा दुर्घटनामा मन्त्री अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको मृत्यु भएको थियो ।

मन्त्रीसहित ७ जनाको मृत्यु भएपछि बुधबार बसेको मन्त्रपिरिषदको आकस्मिक बैठकले बिहीबार सार्वजनिक विदा दिउको थियो भने विदेशस्थित दुतावासमा पनि विदा दिएको थियो । सोही अनुरुप बिहबिार बहराइनस्थित नेपाली दुतावास बिहीबार बन्द गरिएको छ ।

प्रतिकृया दिनुहोस