घाईते बालकको मृत्यु, तनावग्रस्त राजमार्ग खुल्यो

Mirtu 884545

कैलाली । सुखडमा टिप्परको ठक्करबाट घाईते भएका बालकको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका १ मा पुर्वबाट पश्चिम गई रहेको मे १ क ३२८ नम्बरको टिप्परले बालकलाई ठक्कर दिएको थियो ।

घोडाघोडी नगरपालिका १ सुखड पिपल डाँडाका ६ वर्षिय सुवास बस्नेत घाईते भएका थिए । बालक बस्नेतलाई बाटो काट्ने बेला टिप्परले ठक्कर दिएको थियो ।

घाईते बालकको घोडाघोडी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्परले ठक्कर दिएपछि आफन्तहरुले राजमार्ग पुर्ण रुपमा अवरुद्द गरेका थिए । तनावग्रस्त राजमार्ग अहिले खुलेको छ । आक्रोसित आफन्तहरुले गाडीमा आगो लगाउन खोज्दा २ जना प्रहरी घाईतेसमेत भएका छन् ।

टिप्पर चालक कञ्चनपुरको बेदकोट नगरपालिका ३ दैजीका ४३ वर्षिय हिरा सिंह धानुक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस