महिला ओछ्यानमै मृत अवस्थामा

Mirtu 98798

इलाम । इलामको देउमाइ नगरपालिका १ राँकेको केसी होटलमा काम गर्ने एक महिलाको सुतेकै ठाउँमा मृत्यु भएको छ ।

झापाको अर्जुधारा घर भई केसी होटलमा काम गर्दै आएकी ३५ वर्षीया लक्ष्मी तामाङलाई बिहीबार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको हो ।

बिहान अबेरसम्म पनि तामाङ नउठेपछि होटल सञ्चालक सागर केसी आफ्नी श्रीमति बोलाउन जाँदा उनलाई मृत अवस्थामा भेटेका थिए ।

बुधबार बेलुका मादक पदार्थ सेवन गरेर सुतेकी तामाङलाई बिहीबार बिहान ओछ्यानमै मृत अवस्थामा भेटिएको राँके प्रहरी चौकीका इञ्चाज बद्री बिक्रम दाहालले जानकारी दिए ।

तामाङको शव पोष्टमार्टका लागि इलाम अस्पताल लगिएको छ । मृत तामाङ र उनका श्रीमान जीपबहादुर तामाङ विगत १० वर्षदेखि सोही होटलमा काम गर्दै आएका थिए ।

श्रीमान जीपबहादुर झापा घरको बेला श्रीमति लक्ष्मी सुतेकै ठाउँमा मृत भेटिएकी हुन् ।

प्रतिकृया दिनुहोस